December 2021

काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्यहरु समावेश छन् ।

यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । फिल्मको थिम अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । 

‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् । यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहेको छ भने छायाकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् ।

‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महाकारीले गर्दा संकटमा परेको चलिचत्रि क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’ 

वरिष्ठ कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायाकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पुरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् । 

नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘Enter the Dragon’मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘Fight of Fury 2’ मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नी बि.ले बताए । कार्यक्रममा बोल्दै शन्नी बि.ले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरि रहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफुले तयारी गरिरहेको बताए। कार्यक्रममा बोल्दै पुर्व डीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा बताए। शन्नी बि कलेज पढ्दा देखि नै चलचित्रमा रुचि राख्ने गर्थे उनि ब्रुस्लीको फिल्म हेरेर एक्सन गर्ने गर्थे मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुसि लागेको खरेलले बताए। शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।

एक्सन जनराको मुभि ‘Fight of Fury 2’ मा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए। बलिउडका चर्चित कलाकारहरु जस्तै गोबिन्दा,मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि.केसीले केहि बर्ष अघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए। हिन्दि फिल्म जाहवाज,गैरकानुनी,प्यार कर के देखो,हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म ‘Fight of Fury’ प्रदर्शन भई सकेको छ।

‘Fight of Fury 2’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइम संगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।



 नवल नेपालको निर्देशनमा 'किन दुख्छ मुटु' सार्वजनिक

अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । 

मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । 

गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।


Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget