रिया चक्रवर्ती ड्रग्स केसमा पक्राउ

सुशान्त सिंह राजपूतको केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले ड्रग्स एंगल जाँच गर्दै रिया चक्रवर्तीलाई पक्राउ गरेको छ ।

 एजेन्सी– सुशान्त सिंह राजपूतको केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले ड्रग्स एंगल जाँच गर्दै रिया चक्रवर्तीलाई पक्राउ गरेको छ ।


उनलाई मंगलबार एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ । रिया पक्राउ परेपछि अंकिता लोखन्डेले एक पोस्ट सेयर गर्दै ‘न्याय’ लेखेकी छन् । उक्त पोस्टमा लेखिएको छ, ‘संयोग या भाग्यले केहि हुँदैन । तपाईको कर्मबाट आफ्नो भाग्य बन्छ ।


भारतीय मिडिया अनुसार, रियाले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो । लगातार सोधपुछपछि उनले ड्रग्स सेवन गर्ने गरेको स्वीकार गरेकी छन् ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget