Enter Media

Latest Post



हाल सम्म यो सिनेमाका दुई गीत सार्वजनिक भएका छन् । ‘दुई चुल्ठी बाट न’ र ‘प्रेम शरणम्’ । दुबै गीतमा बिपिन युवतिको प्रेममा लट्ठ भएको देख्न सकिन्छ । अघिल्लो पटक आँचल शर्मा संग पिरती साटेको इम्याजिन गरेका बिपिन यस पटक स्वस्तिमालाई आफ्नी मनकी रानी मान्दै छन् । यसो नियाल्ने हो भने ‘भष्मे डन’को लभर ब्वाई क्यारेक्टर पो सिनेमामा देखिन्छ कि भन्ने भान हुन्छ ।

र्‍यापको समिश्रण रहेको सिनेमाको ‘प्रेम शरणम्’ गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना रहेको छ । गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ । साथै, सार्वजनिक गीतमा संगीतकार भारद्धाज आफैले र्‍यापमा स्वर समेत भरेका छन् ।


दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन स्वस्तिमा र आँचाल संगै  सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयंम् हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।



काठमाडौं। यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्यहरु समावेश छन् ।

यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । फिल्मको थिम अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । 

‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन् । यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहेको छ भने छायाकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन् ।

‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु’ लेखन तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महाकारीले गर्दा संकटमा परेको चलिचत्रि क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ ।’ 

वरिष्ठ कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायाकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए । उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ । प्रेमपूजाले त्यो पुरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन् । 

नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


चर्चित अभिनेता ब्रुसलीको फिल्म ‘Enter the Dragon’मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘Fight of Fury 2’ मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नी बि.ले बताए । कार्यक्रममा बोल्दै शन्नी बि.ले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरि रहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफुले तयारी गरिरहेको बताए। कार्यक्रममा बोल्दै पुर्व डीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा बताए। शन्नी बि कलेज पढ्दा देखि नै चलचित्रमा रुचि राख्ने गर्थे उनि ब्रुस्लीको फिल्म हेरेर एक्सन गर्ने गर्थे मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुसि लागेको खरेलले बताए। शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।

एक्सन जनराको मुभि ‘Fight of Fury 2’ मा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए। बलिउडका चर्चित कलाकारहरु जस्तै गोबिन्दा,मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि.केसीले केहि बर्ष अघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए। हिन्दि फिल्म जाहवाज,गैरकानुनी,प्यार कर के देखो,हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म ‘Fight of Fury’ प्रदर्शन भई सकेको छ।

‘Fight of Fury 2’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइम संगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।



 नवल नेपालको निर्देशनमा 'किन दुख्छ मुटु' सार्वजनिक

अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । 

मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । 

गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।


 एजेन्सी– सुशान्त सिंह राजपूतको केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले ड्रग्स एंगल जाँच गर्दै रिया चक्रवर्तीलाई पक्राउ गरेको छ ।


उनलाई मंगलबार एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ । रिया पक्राउ परेपछि अंकिता लोखन्डेले एक पोस्ट सेयर गर्दै ‘न्याय’ लेखेकी छन् । उक्त पोस्टमा लेखिएको छ, ‘संयोग या भाग्यले केहि हुँदैन । तपाईको कर्मबाट आफ्नो भाग्य बन्छ ।


भारतीय मिडिया अनुसार, रियाले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो । लगातार सोधपुछपछि उनले ड्रग्स सेवन गर्ने गरेको स्वीकार गरेकी छन् ।

 एजेन्सी– साउथ इण्डियन (तेलुगू) फिल्म इन्डस्ट्रीका चर्चित कलाकार जयप्रकाश रेड्डीको ७४ वर्षमा निधन भएको छ । उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो ।


उनको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले शोक व्यक्त गरेका छन् । साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाकारले पनि शोक व्यक्त गरेका छन् ।

जयप्रकाश रेड्डीले फिल्म ’ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए । त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए । उनले सय भन्दा बढि फिल्ममा काम गरिसकेका छन् । उनले पछिल्लो समय सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको फिल्म ‘सारिलेरु नीकेभवारु’मा अभिनय गरेका थिए ।

 काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए ।


‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए । उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण प्रदर्शन रोकिएको छ हुन । हाल छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइरहेको थियो ।

 गायिका अन्जु पन्त र प्रताप दासको ‘सयौं जुनी’ गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ फिचर्ड छन् ।

पूनम मोथेको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत रहेको  छ र उदय राज पौडेलको एरेन्ज , बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।  

 पूजा र आकाशको जोडीलाई दर्शकले एकदमै रुचाउने हुनाले । उनीहरुले ‘रामकहानी’ र ‘पोई पर्याे काले’ फिल्ममा एक साथ काम गरेका थिए । त्यस्तै, उनीहरुको ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुन बाँकी छ ।

तस्बिर २ पनि छिटै आउने फेसबुक लाइभ मार्फत आकाश श्रेष्ठ र पूजा शर्माले बताएका हुन् 

नायिका पूजा शर्माले दिएको निवेदनमा चलचित्रसँग सम्बन्धित विभिन्न ७ संघ संस्थाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेका छन् ।

                                                                                                      

अभिव्यक्ति र स्वतन्त्रताको नाममा कसैलाई मान मर्यादा हनन गर्नु, शारिरक बनावटको अशिष्ट आक्षेप लगाउनु व्यक्तिगत चरित्र हत्या गर्नु कसैको पनि अधिकार छैन यस किसिमको हर्कत निन्दनिय मात्र होइन् अक्षम्य पनि हाम्रो ठम्याइ छ  ७ संघ संस्थाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।






नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले नयाँ फिल्म साइन गरिन् । फिल्ममा साम्राज्ञीसँगै नायिका आना शर्मा र ‘प्रेम गीत ३’ डेव्यु नायक मनिष राउत मुख्य भूमिकामा रहनेछन् ।

नाम तय हुँन बाँकी फिल्मलाई सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । फिल्म ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्नेछन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

युवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ  निर्देशक पौडेलले भने  कमिङ् एजको कथामा हामीले दुई बर्ष देखि काम गरिरहेका थियौँ अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ ।


‘डाक्टर  डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।

संचारकर्मी राधिका कँडेलको ‘तिम्रो मुटु’ गीत सार्वजनिक । प्रेम वियोग भाव बोकेको गीतमा राधिका स्वयम्ले अभिनय गरेकी छिन्  ।

गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत रहेको छ । हरि हुमागाँइले छायांकन गरेको गीतलाई रमेश थापाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोको कन्सेप्ट राधिकाकै रहेको छ ।


नेपाल आइडल सिजन २ र द् भ्वइस अफ नेपाल सिजन २ मा सहभागी भएका निलिमा थापा मगर र सनिश श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । स्वस्तिमा खड्का फिचर्ड ‘मस्तै मस्तै’

कृष्ण केसीको शब्द रहेको गीतमा सुवास भूषालको संगीत छ । एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । निकेश खड्का निर्देशित गीतको भिडियोमा मेल मोडलको रुपमा रञ्जित पौडेल प्रस्तुत छन् ।

दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३ बेसार’ ल्याएका छन् । ‘बिच्च बिच्चमा २’ आएको केही सातामै दुर्गेशले ‘बिच्च बिच्चमा ३ बेसार’ दर्शकमाझ ल्याएका हुन् ।
bichha bichha ma 3 enter media

बसन्त थापाको संगीत तथा शब्द रहेको ‘बिच्च बिच्चमा ३ बेसार’ मा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, अपराधिक हिंसाका घटना, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद र बलात्कारका दुःखद घटना लगायत समसामयिक विषयलाई समावेश गरिएको छ । बिच्च बिच्चमाको तेश्रो श्रृंखलासम्म दुर्गेश थापाको स्वर सुन्न सकिन्छ ।

बिच्च बिच्चमा ३ बेसार’ को भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा नृत्य निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेश सहित जिवी चिरन (चिरन जिबी सापकोटा), काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का फिचर्ड छन् । दुर्गेश थापाले ‘बिच्च बिच्चमा’को पाँचौं श्रृंखलासम्म दर्शक आउने जानकारी दिए । ‘अबको एक बर्षमा बिच्च बिच्चमाको दुई भाग आउँछ, दुर्गेश भन्छन् ।

सुपर स्टार अनमोल केसीको स्वभाव र आस्था आफ्नै छ । सोची सम्झी बोल्ने अनमोल सनातन धर्ममा आस्था राख्दछन् । अनमोसँगै नायिका सुहाना थापा पनि सनातन धर्ममा विश्वास गर्छिन् ।

Anmok kc and suhana thapa

अनमोल र सुहाना दुवैले जेठ २० गते बुढानिलकण्ठको स्कोन हरेकृष्ण मन्दिरमा पुगेर भजन कृतन गर्दै बारीमा बिरुवा समेत रोपे । तुलसीको बिउ राख्ने दिन अर्थात् निर्जला एकादसीको ब्रत बसेर अनमोल र सुहानाले हरेकृष्ण मन्दिरमा यी कार्य गरेका हुन् । अमोलले मन्दिरमा गितार बजाउँदै भजन समेत गाए भने सुहानाले जल अर्पण गरिन् ।

कृष्ण भत्त अनमोल र सुहाना दुबै शाकाहारी हुन् । उनीहरुले ‘ए मेरो हजुर ३’ र ४’ मा जोडी भएर अभिनय गरेका छन् । लकडाउन भएपछि ए मेरो हजुर ४ को छायाँकन स्थगन भएको छ ।

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget