साम्राज्ञीले नयाँ फिल्म साइन गरिन्

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले नयाँ फिल्म साइन गरिन् । फिल्ममा साम्राज्ञीसँगै नायिका आना शर्मा र ‘प्रेम गीत ३’ डेव्यु नायक मनिष राउत मुख्य भूमि

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले नयाँ फिल्म साइन गरिन् । फिल्ममा साम्राज्ञीसँगै नायिका आना शर्मा र ‘प्रेम गीत ३’ डेव्यु नायक मनिष राउत मुख्य भूमिकामा रहनेछन् ।

नाम तय हुँन बाँकी फिल्मलाई सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । फिल्म ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्नेछन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

युवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो फिल्ममा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ  निर्देशक पौडेलले भने  कमिङ् एजको कथामा हामीले दुई बर्ष देखि काम गरिरहेका थियौँ अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ ।


‘डाक्टर  डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget