काेराेना भाइरस बाट ५ लाख ४७ हजार १ सय ५५ जना निकाे

काठमाण्डाै – महामारीको रुपमा विश्वभरि फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट २१ लाख ८२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे काेराेनाबाट २१ लाख ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ५ लाख ४७ हजार १ सय ५५ जना निकाे भएका छन् भने १४ लाखभन्दा धेरैकाे उपचार भइरहेको छ । त्यस्तै १ लाख ४५ हजार पाँचभन्दा धेरैकाे ज्यान गएकाे छ ।

गएको २४ घण्टामा २१ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा साढे १७ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget