उनको निधनको खबर अभिनेता अभिताभ बच्चनले ट्विट गर्दै दिएका छन् । बच्चनले ट्विटमा लेखेका छन्, ‘उनी गए, ऋषि कपूर गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु !’
यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले पनि उनको निधन भएको ट्विटर मार्फत पुष्टि गरेका छन् । उनले भारतीय सिनेमा जगतका लागि यो हप्ता निकै दु:खदायी भएको भन्दै कपूरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनलाई क्यान्सर र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरको उपचार गरेपछि ऋषि कपूर गएको वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षको फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो । बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।
बलिउड अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा निधन भएको छ । भारतिय संचारमाध्यमका अनुसार उनि मंगलबार बिहान घरको बाथरूममा लडेका थिए । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
पछिल्लो समय इरफान पेटको समस्यासँग संघर्ष गर्दै थिए । उनलाई कोलोन संक्रमण भएको थियो । दुई बर्ष अघि उनलाई न्यूरो-एंडोक्राइन ट्युमर भनिने रोग लागेको पत्ता लागेको थियो । इरफान विदेशमा यो रोगको उपचार गरेर ठिक भएपछि भारत फर्केका थिए । त्यसपछि उनले ‘अंग्रेजी ‘मिडियम’मा अभिनय गरेका थिए । यो चलचित्र जीवनको अन्तिम चलचित्र बनेको छ ।
इरफानले ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लन्च बक्स’, ‘पीकू’, ‘तलवार’ र ‘हिन्दी मीडियम’ जस्ता शानदार फिल्महरूमा काम गरेका छन् । उनले ‘हास्ता’ (नकारात्मक भूमिका), ‘लाइफ इन अ मेट्रो’ (सर्वश्रेष्ठ अभिनेता), ‘पान सिंह तोमर’ (सर्वश्रेष्ठ अभिनेता कृटिक) र ‘हिन्दी मिडियम (सर्वश्रेष्ठ अभिनेता) को फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । उनलाई ‘पानसिंह तोमर’ का लागि राष्ट्रीय पुरस्कार दिइएको थियो । उनले कलाको क्षेत्रमा भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री पनि पाएका छन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.