डिसहोमबाट रिलीज हुँदै छ फिल्म ‘कोपिला’

१३ वर्षीया बालिका कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज हुने भएको छ । कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् । हलमा रिलीज नभएपछि डिसहोम मार्फत यो फिल्म रिलीज हुन लागेको हो ।

बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुने बताइएको छ । फिल्मले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको निर्माता मणिराज गौतमले बताए । साथै फिल्म प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व. पन्तको परिवारलाई प्रदान गरिने उनले बताए
गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुवास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् । फिल्ममा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget